काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारलाई तथ्य र प्रमाणको आधारमा अनुसन्धान छानबीन गरी दोषीलाई कानूनको दायरामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफमा प्रधानमन्त्रीले भ्रष्टाचारको मामलामा सरकारले कसैलाई विभेद नगरेको र कानूनी समानताको सिद्धान्तलाई सरकारले पूर्णतः आत्मसात् गरेको बताए । उनले आफ्नो सरकार गठन भएदेखि अहिलेसम्म सामाजिक…