एमाले स्थायी कमिटी बैठक बस्दै, १० बुँदे कार्यदलले सुझाव प्रस्तुत गर्ने

काठमाडौं, ५ कार्तिक । नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा दिउँसो २ बजेदेखि बैठक सुरु हुने एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । आजको बैठकमा १० बुँदे सहमति र यसको कार्यान्वयनका विषयमा संयोजक भीम रावलले तयार पारेको प्रतिवेदन पेश गर्ने र त्यसमाथि छलफल गर्ने कार्यतालिका तय…