काठमाडौं । नेपाली कांग्रेस प्रतिनिधिसभाको सचेतकमा सुशीला थिङ मनोनीत भएकी छन् । सभापतिसमेत रहेका संसदीय दलका नेता शेरबहादुर देउवाले सांसद थिङलाई पार्टीको सचेतकमा मनोनयन गरेका हुन् । उनलाई नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०७४) को धारा १३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभाको सचेतकमा मनोनयन गरिएको देउवाको सचिवालयले जनाएको छ ।