काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने निर्णय भएको बताएका छन् । पार्टी कार्यालयमा शुक्रबार भएको संयुक्त बैठकले जनताको म्यान्डेटअनुसार प्रतिपक्षमा बस्ने निर्णय भएको उनको भनाइ छ । 'उपनिर्वाचनमा जनताले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्न म्यान्डेड दिएको छ । जनताको जनभावनाअनुसार द्रूत गतिमा अगाडि बढ्छौं,'…