काठमाडौँ । निर्वाचन अवरोधसम्बन्धी अभिव्यक्ति दिएको आरोपमा दुर्गा प्रसाईँलाई पाँच दिनसम्म प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय भक्तपुरले अनुमति दिएको छ। उक्त निर्णयसँगै उनी फागुन २२ गतेसम्म अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहनेछन्। प्रतिनिधिसभा सदस्य निर्वाचन फागुन २१ गते तय भएको छ। प्रहरीका अनुसार प्रसाईँलाई आइतबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको हो। जिल्ला प्रहरी परिसर भक्तपुरका…