राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउँछ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले राष्ट्रपतिमा एमालेले नै उम्मेदवार उठाउने बताएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित सहिद स्मृति कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गदै नेम्वाङले राष्ट्रपतिको हकमा एमालेका तर्फबाट उम्मेदवार बनाउनेमा यसअघि नै सहमति भएकोले एमाले नै उम्मेदवार खडा गर्ने बताएका हुन् । नेम्वाङले राष्ट्रपतिकाे विषयमा अन्य दलहरूसँग सल्लाह गर्ने माओवादीको निर्णयलाई अन्यथा…