काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा अन्य दलहरुसँग छलफल गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्वाराहीमा बसेको पार्टी पदाधिकारी बैठकले सभामुख र उपसभामुखको निर्वाचनका बिषयमा संसदमा रहेका अन्य राजनीतिक दलहरुसंग छलफल चलाउने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । दलहरुसँग छलफल गरेर मात्रै सभामुख र उपसभामुखमा उम्मेद्वारीका…