नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित हुन्छन् भन्ने कुरा घामझै छर्लङ थियो, तर यति धेरै मत ल्याउँछन् भन्ने अनुमान थोरैले मात्र गरेका थिए । सभापति देउवाका प्रतिस्पर्धी महामन्त्री गगन थापाले अनुमान गरिएभन्दा कम मत पाए । उनलाई आफ्नै समूहबाट घात भएको स्पष्ट हुन्छ । संस्थापनइतरले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २२ वटा टिकट पाएको थियो,…