काठमाडौँ । निर्वाचन आयोगले प्रदेशसभा- १ का लागि समानुपातिक सांसद छनौटको विषय सच्याउन गरेको आग्रह नेकपा एमालेले अस्वीकार गरेको छ । निर्वाचन आयोगले अल्पसंख्यक कोटाबाट सूची अनुसार सिफारिस नगरेर एमालेले आफूखुसी छानेको विषयमा स्पष्ट पार्न पत्र पठाएको थियो । उक्त पत्रको जवाफ आफूहरूले आयोगलाई दिइसकेको नेकपा एमाले प्रदेश १ का अध्यक्ष तुलसीप्रसाद न्यौपानेले बताए ।…