काठमाडौं । करिब सात महिनादेखि रिक्त रहेका राष्ट्रिय सभाका चारवटा विषयगत समितिले नेतृत्व पाएका छन् । सभापतिका लागि भदौ २३ गते बिहीबार निर्वाचन गर्ने तय भएको छ । निर्वाचन कार्यतालिकाअनुसार सभापतिका लागि राष्ट्रियसभाका सचिव राजेन्द्र फुयालको कार्यकक्षमा उम्मेदवारी दर्ता गरिएको छ । चारवटा समितिमा चार प्रमुख दलले एक/एकवटा सभापति लिएर निर्विरोध चयन गर्ने यसअघि समझदारी…