काठमाडौं । सत्तारुढ गठबन्धनमा सिट बाँडफाँटको गाँठो कस्सिदै जाँदा घटक दलहरूले धमाधम उम्मेदवार सिफारिस गरिरहेका छन् । शीर्षस्थ तहमा प्रतिनिधि सभा र प्रदेश सभा क्षेत्र तोकेर सिट बाँडफाँट टुङ्गाउने कसरत भइरहेका बेला दलका तल्ला समितिले पनि आआफ्नै दाबीअघि सारेका हुन् । जनाधार, शक्ति सन्तुलन, विगत चुनावको परिणाम आदिलाई हेरेर तालमेलको प्रक्रिया टुङ्गाउनुपर्ने उनीहरूको सुझाव छ…