उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित 

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले दसैँको अवसरमा गर्दै आएको चियापान कार्यक्रमको आयोजना यस बर्ष नगर्ने भएको छ। असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्ने निर्वाचन कार्यतालिका रहेको जनाउँदै नेपाली कांग्रेसले चियापान नगरिने पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका हुन्। ‘असोज २३ गते नै पहिलो हुने निर्वाचित हुने…