काठमाडौँ । सभापति शेरबहादुर देउवा र दुई उपसभापति अनुपस्थित भएपछि बुधबार बोलाइएको नेपाली काँग्रेसको पदाधिकारी बैठक महामन्त्री गगन थापाको अध्यक्षतामा बसेको छ । बुधबार दिउँसो सुरु भएको बैठकमा सभापति देउवा र उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ अनुपस्थित छन् । १४ औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएपछि थापाले पहिलो पटक काँग्रेसको बैठक अध्यक्षता गरेका हुन् ।…