काठमाडौं । नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी)का विषयमा राजनीतिक दलहरूले द्वै्रध चरित्र देखाउन नहुने बताएको छ । सानेपास्थित पार्टी कार्यालयमा सोमबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले एमसीसीबारे राजनीतिक दलको द्वैध चरित्रले देशलाई हित नगर्ने बताए । एमसीसीसँग सबै राजनीतिक दल जोडिएको प्रसङ्ग उल्लेख…