प्रधानमन्त्री देउवाले दिए मन्त्रीहरुलाई निर्देशन– एमसीसीबारे संसद भित्र र बाहिर माहोल बनाउनुस्

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा आन्तरिक छलफल गरेका छन् । प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू र काँग्रेस संसदीय दलकी सचेक पुष्पा भुसालसँग छलफल गरेका हुन् । उनीहरुलाई प्रधानमन्त्री देउवाले छलफलका लागि अपरान्ह बालुवाटार बोलाएका थिए । अब बस्ने प्रतिनिधिसभा बैठकमा…