काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठको पहिलो साताभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्ने बताएका छन् । देउवालाई भेट्न बालुवाटार गएका नेपाली कांग्रेस बागमती प्रदेश समितिका पदाधिकारीहरूसँग सोमबार साँझ प्रधानमन्त्रीले जेठको पहिलो साताभित्र चुनाव गर्ने बताएको कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बाँनियाले जानकारी दिएका छन् । ‘प्रधानमन्त्रीज्यूले ४ जेठमै एकै चरणमा स्थानीय…