मुस्ताङका उम्मेदवारको गुनासो–‘पोखरा, काठमाडौंमा मतदाता खोज्दै हिँड्नु परेको छ’

मुस्ताङ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको चहल पहल बिस्तारै बढ्दै गएको छ । यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ । अक्सर यसअघिका पालिका चुनाव र सङ्घीय तथा प्रादेशिक चुनाव वैशाख/जेठ र कात्तिक/मङ्सिर महिनामा हुने गरेपनि यसवर्ष नवयुवा आन्दोलनपछिको विशेष परिस्थितिमा…