आचारसंहिता सम्बन्धी उजुरीमा २१ मध्ये १२ ले मात्रै दिए जवाफ

काठमाडौं । निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघनसम्बन्धी उजुरीका विषयमा मागिएको स्पष्टीकरणमा केही राजनीतिक दल तथा उम्मेदवारबाट जवाफ प्राप्त भएको जनाएको छ । हालसम्म माग गरिएका प्रतिउत्तरमध्ये १२ वटा जवाफ आयोगमा दर्ता भएका छन् । आयोगका अनुसार, केन्द्रीय तहको आचारसंहिता अनुगमन संयन्त्रमा दर्ता भएका उजुरीका आधारमा २१ राजनीतिक दल तथा उम्मेदवारलाई लिखित रूपमा स्पष्टीकरण पेश गर्न…