मुख्यमन्त्री शाक्यद्वारा राजीनामा घाेषणा, राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउँदै गठबन्धन

हेटाैँडा । बाग्मती प्रदेश सरकारकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत नपाउने भएपछि गठबन्धनलाई नयाँ सरकार बनाउँन मार्गप्रशस्त गरेको घोषणा गरेकी छिन् । विश्वासको मत लिनका लागि बुधबार बसेकाे प्रदेशसभाको बैठकमा उनले मत विभाजनअघि नै राजीनामा भन्ने शब्द प्रयाेग नगरी मार्गप्रशस्त गर्ने घोषणा गरिन् । उनले नेपालको संविधानको धारा १६९ (१) को (क) अनुसार राजीनामा घोषणा…