कञ्चनपुरका मुक्त हलिया बस्तीहरूमा राजनीतिक दल र उम्मेदवारको दौडधुप बढेको छ । तर यसपटक हलियाहरू केवल मौखिक आश्वासन सुन्ने पक्षमा छैनन् । राष्ट्रिय मुक्त हलिया समाज महासङ्घ नेपालले उम्मेदवारहरूलाई लक्षित गरी ९ बुँदे लिखित प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । यसमा सुरक्षित आवास, खेतीयोग्य जमिनको लालपुर्जा, उच्च शिक्षासम्म छात्रवृत्ति, बिनाधितो सहुलियतपूर्ण ऋण जस्ता माग समावेश छन्…