काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा भर्ना भएको पुष्टि भएको छ । बायाँ खुट्टामा देखिएको समस्याका कारण उनलाई मंगलबार (माघ १३ गते) अस्पतालको हाडजोर्नी विभागमा भर्ना गरिएको हो । अस्पतालका प्रवक्ता डा. गोपाल सेडाईंले जारी गरेको प्रेस विज्ञप्ति अनुसार लामिछानेलाई…