काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद् पुनर्स्थापनाको रिटमा सर्वोच्च अदालत जिम्मेवारीबाट पन्छिन नपाउने बताएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको संवाद कार्यक्रममा बस्नेतले संसद् विघटनसम्बन्धी मुद्दामा सर्वोच्चले आफ्नो फैसला तत्काल दिनुपर्ने जिकिर गरेका हुन् । अदालत डराएर न्यायिक प्रक्रियामा ढिलाइ भइरहेको उनको दाबी थियो । बस्नेतले न्यायिक प्रक्रिया कसैको डर, दबाब, लोभप्रलोभन…