काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार राजनीतिक समायोजन घोषणा सभा आयोजना गर्ने भएको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा समायोजन घोषणा गर्न लागेको हो । रास्वपाले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र मन्त्री समेत रहेका उज्यालो नेपाल पार्टीका कुलमान घिसिङसँग सम्झौता गरिसकेकाे छ ।