मेक्सिकोमा चर्कियो जेनजी आन्दोलन

काठमाडौं । मेक्सिकोमा जेनजी आन्दोलन चर्किएको छ । राष्ट्रपति क्लाउडिया सेनबामको सरकारविरुद्ध आयोजित विरोध प्रदर्शनले राजधानीमा हिंसात्मक रूप लिँदा कम्तीमा १२० जना घाइते भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घाइते हुनेमा धेरै जसो प्रहरी अधिकारीहरू रहेका छन् । लागुऔषध हिंसा तथा सेनबामको सुरक्षा नीतिविरुद्ध प्रदर्शनका लागि जेनजीका प्रतिनिधिहरूद्वारा सामाजिक सञ्जालमार्फत आह्वान गरिएको हो…