काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म-संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेसँगै काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाइएको छ । प्रसाईंका समर्थकहरूले उनको पक्राउको विरोधमा प्रदर्शन गर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै प्रहरी प्रधान कार्यालयले सोमबार राति नै मातहतका युनिटहरूलाई विशेष सर्कुलर जारी गरेको छ । प्रहरी अधिकारीका अनुसार, प्रसाईंलाई सोमबार मध्यराति…