काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेन–जी आन्दोलनमा भएको घटनालाई लिएर आरोपप्रत्यारोप नगर्न अनुरोध गरेका छन् । महासचिव पोखरेलले आज सामाजिक सञ्जालमा राष्ट्रद्रोही काम संलग्न जोसुकै भए पनि कारबाही गर्नुपर्ने बताए । ‘राष्ट्रद्रोही हिंसात्मक कुकर्ममा संलग्न जो कोही हुन्, सबैलाई कडा कारबाही गरौँ । देश जलिरहेको बेला आरोपप्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौं…