सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा छ : शंकर पोखरेल

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जनताको मनबाट एमालेलाई कसैले अलग गराउन नसक्ने दाबी गरेका छन् । बिहीबार भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा उनले सरकारबाट बाहिरिए पनि एमाले जनताको हृदयमा रहेको बताए । “अहिले हामी सरकारबाट बाहिरिएका छौँ । जनताको हृदयमा एमाले छ । जनताको हृदयबाट कसैले अलग गराउन सक्दैन,” उनले भने ।…