काठमाडौं । आज (आइतबार) नेकपा एमालेको सचिवालयको बैठक बस्दै छ । एमालेको सचिवालय बैठक आज दिउँसो एक बजे एमाले अध्यक्ष केपी शर्मा आलीको निवास भक्तपुरको गुण्डुमा बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । गत २३ र २४ भदौमा भएको जेन–जी समुहको प्रदर्शन पछि पहिलो पटक आज एमालेको सचिवालय बैठक बस्न लागेको हो…