आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौं । प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमान्डर एवं नेपाली राजनीतिमा त्याग र साहसका प्रतीक गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विभिन्न कार्यक्रममार्फत मनाइँदैछ । नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाले बिहान शोभाभगवतीस्थित सिंहको सालिकमा माल्यार्पण कार्यक्रम आयोजना गरेका छन् । सिंहले प्रजातन्त्र स्थापनाका लागि विसं १९९७ देखि सक्रिय भई २००७ सालको…