घटनाको सबै जिम्मा प्रधानमन्त्रीले लिनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारको औचित्यमाथि प्रश्न उठाउँदै सोमबारको घटनाको सम्पूर्ण जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने बताएका छन् । एक विज्ञप्ति जारी गर्दै महामन्त्री थापाले एमालेसँगको सहकार्य जारी राख्दै यो गठबन्धन सरकारलाई निरन्तरता दिनुको आवश्यकता नरहेको समेत बताएका छन् । आन्दोलनमा भएको बल प्रयोग, दमन र आक्रमणको नैतिक जिम्मा लिएर…