आफ्नै अनुहारमा छिटा पर्ने अभिव्यक्ति नदिन शेखरलाई शंकरको आग्रह

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सत्ता साझेदार नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई आफ्नै अनुहारमा छिटा पर्ने खालका अभिव्यक्ति नदिन आग्रह गरेका छन् । नेता कोइरालाले भूमिसम्बन्धी विधेयकलाई लक्ष्य गर्दै 'जहाँ खाली जग्गा छ, त्यहाँ एमाले' भन्ने अभिव्यक्ति दिएका थिए । कोइरालाको उक्त अभिव्यक्तिलाई लिएर कञ्चनपुरमा आज सत्तारूढ एमालेका महासचिव पोखरेलले टिप्पणी गरेका…