काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशसचिव विक्रम मिश्रीले परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आइतबार शिष्टाचार भेटवार्ता भएको हो । “हामीले भारत–नेपाल सम्बन्धको सबै पक्षबारे छलफल गर्यौं, जसमा हाम्रो कनेक्टिभिटी, व्यापार र विकास सहयोगलाई सुदृढ पार्ने कुरामा ध्यान केन्द्रित गरिएको थियो,” भेटपछि परराष्ट्रमन्त्री राणाले सामाजिक सञ्जाल फेसबुकमार्फत भनेकी…