काठमाडौँ । नेपाली काँग्रेसले आफ्ना संघीय सांसदहरूलाई लक्षित गर्दै संसदीय अभिमुखीकरण तथा छलफल कार्यक्रम सञ्चालन गरेको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आयोजित उक्त कार्यक्रममा संसदीय मामिला सहजीकरण समितिले सांसदहरूसँग समसामयिक राजनीतिक परिस्थिति तथा संसदीय अभ्याससम्बन्धी विषयमा छलफल गरेको हो। पार्टी केन्द्रीय सदस्य राजेन्द्रकुमार केसी को संयोजकत्वमा रहेको सहजीकरण समितिले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सदस्यहरूलाई लक्षित…