प्रधान न्यायाधीश शर्माद्वारा पदभार ग्रहण

काठमाडौँ । सर्वोच्च अदालतमा पदभार ग्रहण गरेपछि प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले न्यायिक स्वतन्त्रता र निष्पक्षतामाथि कुनै पनि प्रकारको बाह्य वा आन्तरिक हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारेका छन्। मंगलबार सर्वोच्च अदालतमा पद सम्हाले लगत्तै उनले दिएको संक्षिप्त सम्बोधनमा न्याय सम्पादन प्रक्रियाको गरिमा, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा संस्थागत स्वतन्त्रता सुरक्षित राख्नु आफ्नो प्रमुख प्राथमिकता हुने बताएका…