काठमाडौं । स्वर्गद्वारी गुठीका मोही किसानहरूले काठमाडौंको माइतीघरमा धर्ना दिएका छन् । आइतबार बिहान उनीहरू गौशाला चोकदेखि र्याली गरी माइतीघर मण्डलमा पुगेर तीन बुँदे माग अघि सार्दै धर्ना बस्न थालेका हुन् । दाङको देउखुरीस्थित १२ मौजा (गाउँ)का पीडितहरू काठमाडौंमा धर्ना दिन आएका हुन् । परम्परागत पोशाकमा सजिएका उनीहरुले ब्यानर, प्लेकार्ड, हलो, कोदालो, ढकिया लगायतका सामग्री…