पोखरा । पोखराको सूर्यदर्शन सहकारी बचत अपचन कसुरमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिने कास्की जिल्ला अदालतको फैसलाविरुद्ध सरकारले पुनरावेदन दिएको छ । जिल्ला सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतको आदेश उल्ट्याउन माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दिएको हो । सरकारी वकिल कार्यालय कास्कीका सहायक न्यायाधिवक्ता महेश अर्यालले जिल्ला धरौटीमा…