अन्तिम समयमा मन्त्रिपरिषद् बैठक स्थगित

काठमाडौं । सोमबार पाँच बजेका लागि बाेलाइएको मन्त्रिपरिषद्को नियमित बैठक अन्तिम समयमा स्थगित भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने गरी बोलाएको बैठक अचानक स्थगित गरिएको हो । सोमबारको मन्त्रिपरिषद् बैठकमा राजनीतिक दलसम्बन्धी अध्यादेश आउन सक्ने चर्चाका बीच बैठक स्थगित हुनुलाई अर्थपूर्ण रुपमा हेरीएकाे छ । स्थगित गर्नुकाे कारण भने खुलाइएको छैन ।…