दुई पक्षीय प्रदर्शन मत्थर पार्न पोखरामा निषेधित क्षेत्र घोषणा

काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने पक्राउसँगै दुई पक्षीय प्रदर्शन हुन थालेपछि कास्की प्रशासनले पोखराका दुई स्थानमा निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बिहान पौने १२ बजेदेखि अर्को आदेश नभएसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन् । जसअनुसार पोखरास्थित सहिद चोक आसपास क्षेत्र र गैह्रापाटन आसपास…