काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सात भदौसम्मका लागि स्थगित भएको छ । २३ साउनमा सुरु भएको बैठक सोमबारसम्म चलेको थियो । बैठकमा केन्द्रीय सदस्यहरू, सरकारमा सहभागी मन्त्रीहरू र प्रदेश सभापतिहरूले बोल्ने क्रम सकिएको छ । तर, पदाधिकारीको बोल्ने पालो आइसकेको छैन । सोमबार संघीय सरकारमा सहभागी रहेका कांग्रेसका मन्त्रीहरूले आफ्नो मन्त्रालयबाट भइरहेका कामबारे…