वरीयता मिचेर प्रधानन्यायाधीश नियुक्त गर्नु सरकारको ठूलो गल्ती: हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद् छलेर ल्याइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र चौथो वरीयताका न्यायाधीशलाई प्रधानन्यायाधीश नियुक्तिका लागि गरिएको सिफारिसप्रति गम्भीर आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले राष्ट्रप्रमुखलाई दबाब दिएर अध्यादेश जारी गराउनु तथा वरीयता मिचेर नियुक्ति गर्नु सरकारको ठूलो गल्ती भएको टिप्पणी गरेका हुन् । ‘संसद् छलेर…