काठमाडौं। संघीय संसदका सदस्यहरूको बायोमेट्रिक विवरण संकलन शुरु गरिएको छ । आगामी संसद अधिवेशनको पूर्वसन्ध्यामा संसदको प्रणालीलाई थप आधुनिक र व्यवस्थित बनाउने उद्देश्यले विवरण संकलन शुरु गरिएको हो । सचिवालयकाअनुसार संसद सदस्यहरूको व्यक्तिगत विवरण, फोटो र औँलाको छाप (फिंगरप्रिन्ट) संकलन भइरहेको छ । यसले संसदको उपस्थिति प्रणालीलाई डिजिटल बनाउन र सदस्यहरूको परिचय पत्रलाई थप सुरक्षित…