याङ्गुन । म्यान्माको कायिन राज्यको हपा-अन बस्तीमा बाढीका कारण दुई हजार दुई सय ९८ घरपरिवारका कुल १० हजार तीन सय ९५ जनालाई २४ अस्थायी उद्धार आश्रयमा सारिएको सरकारी म्यान्मार रेडियो र टेलिभिजनले बुधबार राति जनाएका छन् । भारी वर्षापछि थानल्विन नदी खतराको स्तरभन्दा माथि पुगेका कारण बुधबार विपद् व्यवस्थापन समितिका सदस्य, अग्नि नियन्त्रक, म्यान्मा रेडक्रस…