हारेपछि तुर्कमेनिस्तानका आइस हक्की खेलाडीले हङकङ टोलीका सदस्यलाई मुक्का हाने

काठमाडौं । तुर्कमेनिस्तान आइस हक्की टोलीका खेलाडीहरूले हङकङका खेलाडीहरूलाई मुक्का प्रहार गरेका छन् । चीनको हार्बिनमा भएको एशियाली शीतकालीन खेलकुदमा हङकङसँग हारेपछि तुर्कमेनिस्तानको आइस हक्की टोलीले मुक्का प्रहार गरेका हुन् । तुर्कमेनिस्तानको टोली हङकङसँग ५–१ ले पराजित भएको थियो । तुर्कमेनिस्तानका खेलाडी एर्किन काकाबायेभ, आर्सलन गेल्डिमाइराडोभ र बेगेन्च डोभलेटमेराडोभले हङकङ टोलीका सदस्यहरूमाथि मुक्का प्रहार गरेको…