कोलम्बो । श्रीलङ्काका राष्ट्रपति अनुरा कुमारा दिसानायकेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्न आइतबार भारत आउने भएका छन् । श्रीलङ्काको सूचना मन्त्री नलिंदा जयतिसाले राष्ट्रपति दिसानायकेले तीन दिन भारतमा प्रधानमन्त्री मोदी र अन्य अधिकारीहरूसँग भेट गर्ने जानकारी दिए । वामपन्थी दिसानायके भ्रष्टाचारविरुद्ध लड्ने वाचामा सेप्टेम्बरमा सत्तामा आएका हुन । गत महिना भएको संसदीय चुनावमा उहाँको…