काठमाडौं । सन् २०२४ पत्रकार र सञ्चारकर्मीका लागि निकै खतरनाक रहेको संयुक्त राष्ट्रसङ्घको शैक्षिक, वैज्ञानिक र सांस्कृतिक सङ्गठन (युनेस्को) ले जनाएको छ । सन् २०२४ मा अहिलेसम्म ६८ जना पत्रकार र सञ्चारकर्मी कर्तव्यपालनाका क्रममा मारिएका युनेस्कोको प्रतिवेदनमा उल्लेख छ । ६० प्रतिशतभन्दा धेरै हत्या द्वन्द्वग्रस्त देशहरूमा भएका र यो सङ्ख्या पछिल्लो दशकमा सबैभन्दा धेरै भएको…