ढाका । बंगलादेशमा प्रदर्शनकारीहरूले १९७१ युद्धसँग सम्बन्धित राष्ट्रिय स्मारक भत्काएका छन् । मुजिबनगरमा अवस्थित यो स्मारक भारत–मुक्तिवाहिनी सेनाको विजय र पाकिस्तानी सेनाको पराजयको प्रतीक थियो । १६ डिसेम्बर १९७१ मा पाकिस्तानका लेफ्टिनेन्ट जनरल एएके नियाजीले हजारौं सैनिकसहित भारतीय सेनासमक्ष आत्मसमर्पण गरेका थिए । उनले भारतीय सेनाका अफिसर कमाण्डिङ–इन–चीफ लेफ्टिनेन्ट जनरल जगजीत सिंह अरोराको अगाडि कागजातमा…