पेरिस । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले सोमबार रफाहमा विस्थापित प्यालेस्टिनीहरूका लागि पालले बनेको शिविरमा भएको इजराइली आक्रमणप्रति आक्रोश व्यक्त गर्दै ‘तत्काल युद्धविराम’ को माग गरेका छन् । उक्त आक्रमणमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । “यो कारबाही बन्द हुनुपर्छ, प्यालेस्टिनी नागरिकहरूका लागि रफाहमा कुनै सुरक्षित क्षेत्र छैन”, म्याक्रोनले अङ्ग्रेजीमा सामाजिक सञ्जाल एक्समा…