अन्तरिक्षमा आणविक हतियार राख्ने रुसको कुनै मनसाय छैन : पुटिन

मस्को । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अन्तरिक्षमा आणविक हतियार राख्ने मस्कोको कुनै मनसाय नरहेको मङ्गलबार घोषणा गरेका छन् । उनले अमेरिका समान रुसले अन्तरिक्ष क्षमता विकसित गरेको दाबी गरे । रुसले ‘चिन्तित तुल्याउने’ उपग्रह–विरोधी हतियार क्षमता हासिल गरेको ह्वाइट हाउसको गत साताको पुष्टिपछि पुटिनको उक्त भनाइ आएको हो । यद्यपि अहिलेसम्म यस्तो प्रकारको कुनै पनि…