आणविक हतियार उन्मूलनका लागि संयुक्त राष्ट्र सङ्घकाे आह्वान

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले आणविक हतियार उन्मूलन गर्न आह्वान गरेका छन् । महासचिव गुटेरेसले आणविक हतियारको पूर्ण उन्मूलनका लागि यस अन्तर्राष्ट्रिय दिवसमा मौलिक सत्यलाई स्वीकार गर्नुपर्ने बताए । उनले आणविक हतियारको प्रयोग रोक्नका लागि एकमात्र विकल्प त्यसलाई हटाउनुपर्ने बताए । आणविक हतियार हटाएर मानवीय प्रकोपलाई मुक्त गर्न सकिने उनकाे भनाइ छ…