काठमाडौं । भारत गत हप्ताको बुधबार चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–३ अन्तरिक्षयान अवतरण गराउन सफल भएको छ । चन्द्र अभियानको सफलतापछि यतिबेला भारतले सूर्यको अध्ययनका लागि यसै हप्ताको शनिबार अन्तरिक्षयान पठाउने घोषणा गरेको छ । सेप्टेम्बर २ का दिन श्रीहरिकोटाको सतिस धवन स्पेस सेन्टरबाट रकेटमार्फत् आदित्य एल–१ रोवोटिक यानलाई अन्तरिक्षमा पठाइने भारतीय अन्तरिक्ष अनुसन्धान संगठन इसराेले…